काठमाडौं – सत्तापक्षीय दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आज थापाले महामन्त्री पदमा उठ्ने औपचारिक घोषणा गर्नुभएको हो ।

१४ औं अधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु,’ थापाले भन्नुभयो, ‘मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ । पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन मेरै ठाउँबाट घोषणा गरेँ ।’

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठ्नुभएको थियो । उहाँ त्यसबेला शशाङ्क कोइरालासँग पराजित भएका थिए । काङ्ग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।