काठमाडौं – सरकार विस्तार गर्ने विषयलाई लिएर सत्ता गठबन्धन दलका नेताहरूको बैठक चलिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केही समय अघिदेखि सत्तारूढ दलको बैठक बसेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डालगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।


बैठकमा काङग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहितका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
गत असार २९ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि गठबन्धन दलहरुले मन्त्रिपरिषद्लाई पूर्ण दिन सकेका छैनन् । आजको बैठक पछि भरेसम्मका मन्त्रिपरिषद् विस्तार हुनसक्ने आङ्कलन गरिएको छ । एक हप्ताअघि नै आज १४ गते मन्त्रिपरिषद् विस्तार गर्ने शीर्ष नेताहरुबीच सहमति भएको थियो ।