काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षण गर्दा १ सय ७४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको हो ।


यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट सङ्क्रमित भएका बिरामीमध्ये २४ जनाको मृत्यु भएको छ । आजको यो सङ्ख्यासँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्ख्या १० हजार ७ सय १४ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी आज आइतबार २ हजार २ सय ६० जना कोरोना भाइरसबाट सङक्रमणलाई जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल ३५ हजार ७ सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ७८ जना नयाँ सङक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय १२ जना, भक्तपुरमा ५२ जन र ललितपुरमा १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।