फाइल तस्वीर
काठमाडौं – एमाले परित्याग गरी नयाँ पार्टी दर्ता गर्नु भएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा चयन हुनुभएको छ । आइतबार बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले पार्टी अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।


यस्तैगरी उक्त पार्टीको राष्ट्रियसभाको लागि संसदीय दलको नेतामा पार्टी स्थायी कमिटीका सदस्यसमेत रहनुभएका सांसद बेदुराम भुसाललाई चयन गरेको छ । नेकपा एकीकृत समाजवादी सम्भवत भोली सोमबार विस्तार गर्ने भनिएको सरकारमा सामेल हुने छ ।