काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले वर्षा जारी रहेकाले पूर्वतयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै खाँणले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको थियो ।

मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचित रूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गर्नुभएको छ ।

अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश नम्बर एक, दुई, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाँणले छलफल गर्नुका साथै प्रमुख जिल्ला अधिकारीहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी समेत लिनुभएको थियो ।