काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँहरुको भेटमा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

नेकपा एमाले विभाजन गरेर अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेकाले छिट्टै मन्त्री नियुक्त हुने चर्चा छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको डेढ महिना हँुदासम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।