काठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसको १४ औं आसन्न महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्ग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले प्रकाशित गरेको हो ।

“नेपाली काङ्ग्रेस निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ ।” नेपाली काङ्ग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको छ ।” समितिले भाद्र १० गते ३८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको र भाद्र ११ गते शुक्रबार थप १० जिल्लाको नामावली प्रकाशित गरेको जनाएको छ ।

जसमा क्रियाशील सदस्यता प्रकाशित भएका जिल्लाहरु अन्तर्गत १.ताप्लेजुङ २.पाँचथर ३.इलाम ४. सङ्खुवासभा ५.तेह्रथुम ६.खोटाङ ७. सोलुखुम्बु ८. ओखलढुङ्गा ९. उदयपुर १०. झापा ११. दोलखा १२. रामेछाप १३. सिन्धुली १४. भक्तपुर १५. गोरखा १६. लम्जुङ १७. तनहुँ १८. कास्की १९. मनाङ २०. मुस्ताङ २१. पर्वत २२. स्याङ्जा २३. म्याग्दी २४. नवलपुर (वर्दघाट सुस्तापूर्व) २५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) २६. रुपन्देही २७. पाल्पा २८. रुकुम (पूर्वी भाग) २९. रोल्पा ३०. रुकुम (पश्चिम भाग) ३१. जुम्ला ३२. मुगु ३३. हुम्ला ३४. बझाङ ३५. डोटी ३६. दार्चुला ३७. बैतडी ३८. कञ्चनपुर ३९. धनकुटा ४०. भोजपुर ४१. गुल्मी ४२. प्यूठान ४३. दाङ ४४. सल्यान ४५. कालिकोट ४६. जाजरकोट ४७. दैलेख ४८. अछाम यी जिल्लाहरुले क्रियाशील सदस्यको नामावली प्रकाशित पठाइसकेका छन् ।