काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहको छलफल जारी छ । आगामी आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि आज शनिबार पनि छलफलमा जुटेको हो । नेता प्रकाशमान सिंहको चाक्सीबारीमा पौडेल पक्ष समुहको बैठक चलिरहेको छ । हिजो पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो ।

आगामी आसन्न महाधिवेशनमा प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्नुपर्ने दवाबमा संस्थापन इतर समूह रहेको छ । सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेलसहित शशाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुले इच्छा व्यक्त गर्नुभएको छ । उहाँहरु सबै एक ठाउँमा भेला भएर साझा उम्मेदवार बनाउनेबारे छलफल गरिरहनुभएको बताइएको छ ।