काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ३ सय ६५ एन्टिजेन परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार आज थप २५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिहरुको मृत्यु भएको छ । यो सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या १० हजार ६ सय ६३ पुगेको छ ।

आज शुक्रबार २ हजार ३ सय ३७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । हाल देशभर ३७ हजार ५ सय ९९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २२ जना आईसीयू र १ सय ७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

शुक्रबार थपिएको सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ७ लाख ५६ हजार ७ सय ९२ पुगेको छ भने ७ लाख ८ हजार २ सय ३० जनाले उक्त सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ४ सय ५४, कास्कीमा १ सय ८१, ललितपुरमा १ सय ६९, मोरङमा १ सय १२ र भक्तपुरमा ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तैगरी मकवानपुरमा ५५, सुनसरीमा ५४, रुपन्देहीमा ५०, काभ्रेपलाञ्चोकमा ४६, चितवनमा ४५, झापामा ३३, स्याङजामा २९, नुवाकोटमा २३, जुम्लामा २१, दोलखामा १८, बाँकेमा ११ तथा धादिङ र सिन्धुलीमा १०÷१० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।