नवलपरासी – हिजोदेखि लगातार परेको अविरल वर्षका कारण पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ स्थित माथिल्लो चारघरेमा पहिरो जाँदा एकै घरका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० वर्षीया धनमाया पुलामी र उनका ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया दुई जना नातिनीहरू बेपत्ता भएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी गराउनु भयो ।
उक्त पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हस्तबहादुर पुलामी हुन् । उनलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको र बेपत्ता हुनेहरुको खोजिकार्य भइरहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।