फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुङ्गो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाब दिँदै आउनुभएका पौडेलले आज अपराह्न देउवासँग भेट गर्ने समय मिलाउनुभएको हो ।

आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकले गरेको निर्णयअनुसार उहाँले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुङ्गो लगाउने र महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दवाव दिने गर्नुभएको नेता डा. मीनेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बैठकमा पार्टीका जिल्ला सभापतिहरूको मागअनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दवाव दिने निर्णय गरिएको थियो ।

बैठकमा पार्टीका जिल्ला सभापतिहरूको माग अनुसार छिटो क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न देउवालाई दबाब दिने निर्णय गरिएको थियो । नेता रिजालका अनुसार, एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया सुरु गरेर जानुपर्छ भन्ने छ । त्यसैले आजको बैठकमा यी व्यावहारिक कठिनाइहरूलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । त्यही निष्कर्षको आधारमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेताले भेटेर छलफल गर्ने समय लिनुभएको हो ।