काठमाडौ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक सम्बन्धी नियम परिमार्जन गरी सवैधानिक निकायमा गरिएका नियुक्ति खारेज हुनुपर्ने माग सहित दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतमा आज बाट सुनुवाई सुरु भएको छ । रिट सुनुवाईका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले आफनो अध्यक्षतामा वरिष्ठत न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलास गठन गर्नुभएको छ ।

संवैधानिक परिषदको बैठक सम्बन्धी नियम परिमार्जन संविधान विपरित भएको दाबी सहित सभामुख अग्नि सापकोटालगायतले रिट दायर गर्नुभएको थियो । प्रधानमन्त्री , प्रधानन्यायाधीस , सभामुख , राष्ट्रिय सभाका अध्यक्ष विपक्षीदलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक परिषदमा तत्कालीन प्रधानमन्त्री ओलीले उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्ने गरी परिमार्जन गर्नुभएको थियो । उक्त दायर रिट सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।