फाइल तस्वीर

काठमाडौं – सत्ताको नेतृत्वको गरेको नेपाली काङ्ग्रेस पार्टी भित्र आगामी १४ औं महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन इतरका नेताहरुको बैठक क्षेत्रपाटीस्थित चाक्सिबारीमा बसिरहेको छ । काङ्ग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज बिहान सवा ८ बजेदेखि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक बसेको हो ।


छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसह–महामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा।रामशरण महत, नेताहरु बलबहादुर केसी, डा।शेखर कोइराला, दिलेन्द्र बडू र डा।मिनेन्द्र रिजाल बैठकमा सहभागी हुनुहुन्छ । उहँहरुबीच पार्टीको क्रियाशील सदस्यता विवाद, पार्टीको भावी एकल नेतृत्वलगायतका विषयमा लगातार छलफल भैरहेको छ ।
क्रियाशील सदस्यता सम्बन्धी विषयलाई लिएर संस्थापन इतरका जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर ललितपुरको सानेपास्थित पार्टी केन्द्रय कार्यालयमो रिले अनसन सुरु गरेका छन् । संस्थापन पक्षले भने क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गिएको जनाएको छ ।