काठमाडौं– नेपालमा दैनिक रुपमामा कोरोना भाइरसविरुद्धको तीन लाख व्यक्तिले लगाउने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको हो ।
स्वास्थ्य मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिको बैठकलाई जानकारी गराउँदै सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता राखेको भन्दै नेपालमा हालसम्म ९० लाख ७ सय ७३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको जानकारी जानकारी गराउनु भएको हो । राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोना भाइरसविरुद्ध लड्न सहज हुने भन्दै बैठकमा विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको बताउनु भयो । बैठकमा राज्यमन्त्री श्रेष्ठले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले उक्त खोप विद्यार्थीहरुका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको जानकारी गराउनु भएको थियो ।

अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले कोरोना भाइरसको सङ्क्रमण बढिरहेको हुँदा यसको नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उहाँले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उहाँले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराउनुभयो ।


उक्त बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा क्रान्ति आवश्यक रहेको भन्दै जनशक्ति अभावका कारण पनि कोराना भाइरसको सङ्क्रमण नियन्त्रणमा समस्या रहेको बताउनुभयो । काठमाडौं उपत्यकामा ६० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्यमध्ये हालसम्म २३ हजारले लगाइसकेको भन्दै राज्यमन्त्री श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । वर्तमान सरकारले कोरोनाविरुद्धको पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको जानकारी दिँदै उहाँले प्रदेश एक र दुईमा खोप पर्याप्त मात्रामा पठाइएको बताउनुभयो ।


समितिका सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिट्टै सञ्चालन गर्न र १८ वर्षमुनिका बालबालिकालाई समेत खोप ल्याउन निर्देशन दिएको जानकारी दिनुभयो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भारतले उपलब्ध गराउन बाँकी १० लाख मात्रा खोपको बारेमा भारतीय राजदूतसँग छलफल भइरहेको भन्दै उपत्यकामा १ सय ३५ खोप केन्द्रमार्फत् खोप लगाउने कार्य भइरहेको छ भन्नुभयो । उहाँले न्यून कर्मचारीका भरमा योजना बनाएअनुसारको काम गर्न नसकिएको बताउनुभयो । सभापति घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विसङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतका सांसदहरुले सरकार के कसरी खोपको व्यवस्था गरेको छ भनेर प्रश्न राख्नु भएको थियोे ।