काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उहाँका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले भण्डारीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै “प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको” बताउनुभएको हो ।

प्रगतिशील सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पु¥याउनुभएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।