काठमाडौं – जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

गत मङ्गलबार कलङ्कीस्थित घरमा उहाँ एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँ मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत हुनुहुन्थ्यो ।