काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारीका साथ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतका अनुसार बैठकले प्रदेश एक र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना रहेको छ । यसअघि देउवा सरकारले बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरिसकेको छ ।