काठमाडौं –नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । एमाले केन्द्रीय कमिटीको आज बसेको बैठकमा मुद्दा दायर गर्ने विषयमा छलफल जारी रहेको छ ।

केन्द्रीय कमिटीका एक सदस्यले जनाए अनुसार माधव नेपालले गरेको दल विभाजन कानुनविपरीत रहेको जिकिरसाथ मुद्दा दायर गर्ने एमालेको तयारी रहेको छ । तर त्यसअघि केन्द्रीय कमिटीमा छलफल हुने उहाँले बताउनुभयो ।