काठमाडौं – नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गर्नुभएको छ । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने निर्णय सार्वजनिक गर्नुभएको हो । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिनुभएको हो ।

नेता गौतमले भननुभयो –‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, भनिसकेको छु ।’ उहाँले एक दुई दिनभित्रै उपयुक्त समय हेरेर राजीनामा पठाइदिने बताउनुभएको छ । एमाले उपाध्यक्ष गौतम आज बस्ने केन्द्रीय कमिटी बैठकमा समेत सहभागी नहुने बताउनुभएको छ ।