फाइल तस्वीर
काठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आज बिहीबार मध्यान्न १२ बजेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । उक्त कुराको जानकारी एमाले मुख्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको हो ।

एमाले परित्याग गर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेर निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि एमाले औपचारिक रुपमा विभाजन भएको छ । पार्टी विभाजन पछि एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो । मङ्गलबार पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा एमाले संस्थापन पक्ष र विशेष गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा विरोध गरेका मावध पक्षीय भनिएका नेताहरुसमेत सामेल भएका थिए । उनीहरुले पार्टीमा एकता भएको बताएका छन् ।
आज बस्न लागेको केन्द्रीय कमिटीको बैठकले यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन गर्नुको साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने कार्यसूचि रहेको कार्यालय सचिव तामाङले बताउनुभएको छ ।