नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि आज पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज दिउँसो १२ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनमा लागेका सदस्यहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, सङ्गठनात्मक विषय ,१० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन, र पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे पार्टीको आगामी रणनीतिलाई कसरी रोक्ने भन्ने विषयमा कार्यसूची बनाइने छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।