काठमाडौं — निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट चोइटिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता जसपाबाट चोइटिएर बनोको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका छन् । ति दुवै दलले निर्वाचन आयोगबाट मान्यता पाएको आयोगका प्रवक्ता रामप्रसाद श्रेष्ठले जानकारी गराउनु भएको हो । नेकपा एकीकृत समाजवादीको नेतृत्व माधवकुमार नेपालले गर्नुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व महन्थ ठाकुरले गर्नु भएको छ ।

निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले नयाँ पार्टी दर्ता र मान्यता पाउनका लागि सनाखत गरेका थिए । एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले हिजो निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थित भएर सनाखत गरेका हुन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने उपचारार्थ लामो समयदेखि भारतमा भएकाले त्यहाँस्थित नेपाली दूतावासमार्फत् सनाखत पठाउनु भएको थियो । आयोगले मङ्गलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै आएपछि उहाँको सनाखतलाई पनि मान्यता दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भयो । खनालको सनाखत भएसँगै ५५ केन्द्रीय सदस्य र ३० सांसद्ले नेकपा एमाले त्यागी नयाँ बनेको दल नेकपा एकीकृत समाजवादीमा रहेको प्रमाणका रुपमा हस्ताक्षर गर्नुभएको हो ।

आयोगले सनाखतका लागि आएका एमालेका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न भने अस्वीकार गरेको गरेको थियो । नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा दिएको निवेदन यी चारजना नेताहरुले हस्ताक्षर गर्नु भएको थिएन । दल दर्ता गर्ने बेलामा उहाँहरुको हस्ताक्षर नभै पछि निवेदन आएकाले उहाँहरूको सनाखत हुन नसकेको आयोगका प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

यसैगरी जसपाबाट बाहिरिएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि निर्वाचन आयोगबाट सनाखत गरेपछि दल दर्ताको प्रमाणपत्र दिएको हो । सरकारले भदौ २ गते केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा जारी गरेको थियो । उक्त अध्यादेश पछि सोही दिन ठाकुर पक्षले नयाँ दल दर्ता लागि निवेदन दिएको थियो । निर्वाचन आयोगले यस अघि जनता समाजवादी पार्टीको विवादपछि छानविन गर्दा उपेन्द्र यादवको पोल्टामा जसपा परेपछि महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका नेताहरुलाई उपेन्द्र यादवको नेतृत्वमा जसपामा रहन नैतिक आधार नभएपछि अन्योलमा विलखवन्दनमा परेका थिए ।

प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले भदौ २ गते केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा जारी गरेपछि एमालेका वरिष्ठ नेता माधव नेपाल समूह र जसपाबाट चोइटिएका महन्थ ठाकुरलाई नयाँ दल दर्ता गर्न सहज भएको थियो ।