काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८ सय ६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौंमा ५ सय १५, ललितपुरमा ८२ र भक्तपुरमा १ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै १ हजार ७ सय ८१ जना निको भएर घर फर्किएका छन् । भने ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।