काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदिप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राख्नुभएको थियो । तर, प्रदिप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताउनुभएको थियो । यद्यपी प्रदिप नेपालले आफू माधवकुमार नेपालको पक्षमा रहेको बताउनुहुँदै आज पार्टी सनाखतका लागि आयोग पुग्नुभएको सांसद चौधरीले जानकारी दिनुभयो । सनाखतका लागि नेपाल समूह चन्द्रागिरीबाट सिधैं आयोगमा पुगेका हुन् ।