काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली ठूलो खेलाडी रहेको टिप्पणी गर्नुभएको छ । उहाँले आज चन्द्रागिरिमा पत्रकारसँग कुरा गर्दै ठूला खेलाडी ओलीले आफूलाई खेलाउन नसकेको दावी गर्नुभयो । उहाँले ओलीलाई सुध्रन आग्रह गर्दै नेपालले ओलीमा सद्बुद्धि पलाओस् भन्दै कामना समेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “केपी ओली सुध्रनुस् । मैले किन नराम्रो भन्नु । उहाँमा सद्बुद्धि पलाओस् । राम्रो बाटोमा सबै अघि बढ्नु । सुसंस्कृत र सभ्य बनुन् ।” उहाँले आफूहरुले निर्वाचन आयोगमा नयाँ पार्टीका लागि केन्द्रीय कमिटी र सांसद दुवैतिरबाट २० प्रतिशत पु¥याउने बताउनुभएको छ । आयोगले प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सनाखतको लागि भोलि बुधबार आयोगमा बोलाएको छ ।