काठमाडौं – माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर अघि बढेपछि उहाँको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । उहाँलाई साथ नदिएका ९ स्थायी कमिटी सदस्य, केही सांसद र केन्द्रीय सदस्यसहित ५७ जना मध्यमार्गी धारमा रहेको बताइन्छ । बैठक ३ बजे ललितपुरको तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने भएको हो ।

बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेश हुने भएको छ । हिजो अध्यक्ष ओलीसँग बालकोटमा भएको करिब ३ घण्टाको वार्तापछि दोस्रो तहका नेताहरुले नेपाललाई साथ दिन नसिकने र १० बुँदे कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए । १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । असार २७ मा कार्यदलले तयार पारेको १० बुँदे सहमितलाई एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै अनुमोदन गरिसकेको छ ।