काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप– महासचिव विष्णु पौडेल सदस्य रहेको कमिटी गठन गरिएको हो ।

यो कमिटीले स्थायी कमिटीको भोलि बिहान ११ बजेको लागि तय भएको बैठकभन्दा अघि प्रस्ताव तयार पार्नेछ । आज एमालेको ‘तेस्रो धार’का नेता र अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा पार्टी अध्यक्ष ओलीले आफू १० बुँदे सहमतिभित्रबाटै अघि बढ्न तयार रहेको सङ्केत गरेका थिए ।