काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ४८ जना र २ हजार ६ सय २२ एन्टिजेन परीक्षण गर्दा २ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको छ ।

आज १ हजार ९ सय २४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । हाल देशभर ३८ हजार ३ सय ५१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।