काठमाडौं –पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ । सत्तारुढ दल नेपाली काङग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले आज एक संयुक्त वक्तव्य जारी गर्दै सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।


सभामुख व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक भएको भन्दै उहाँहरुले, ‘सभामुखका विरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् भन्नुभएको छ ।’

हेर्नुहोस् विज्ञप्ति