काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष ओली निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ । उक्त बैठकमा एकताका पक्षधर नेताहरु पनि सहभागी हुने जनाइएको छ । छलफलले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको छ ।