फाइल तस्वीर

काठमाडौं — नेपाली काङ्ग्रेसको आगामी १४ औं महाधिवेशमा शेरबहादुर देउवाको विकल्पमा एउटै साझा उम्मेदवार खोज्न संस्थापन पक्ष इतिरका नेताहरु छलफलका लागि भेला भएका छन् । पार्टीको आगामी नेतृत्वका लागि पौडेल–कोइराला समूहका सभापति पदका आकाङ्क्षीहरुबीच सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका हुन् ।


सभापतिको साझा उमेदवार तय गर्ने प्रयोजनका लागि संस्थापन इतरका नेताहरु अहिले काठमाडौंको गौशलास्थित अनुपम फुडल्याण्डमा भेला भएका छन् । आगामी नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला लगायतका नेताहरु छन् । नेपाल टेड्र यूनियन काङग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको विशेष पहलमा सभापतिको साझा उमेदवार खोज्ने प्रयोजनका लागि भेलाको आयोजना गरेको बताइएको छ ।


यही भदौ १६ गतेदेखि १९ गतेसम्म तय गरेको १४ औं महाधिवेशन क्रियाशील सदस्यता वितरणको विवादले हुन नसक्ने भएपछि आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको छ ।