काठमाडौं – सत्ता घटक दल नेकपा माओवादी केन्द्रले कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउन विशेष पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आज आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको हो ।


उक्त कुराको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो । प्रवक्ता श्रेष्ठले ‘ देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुसँग हामी वार्ता गर्छौं र एकता प्रकृयालाई अगाडि बढाउन छलफल गर्छौ’ भन्नुभएको छ ।