काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी स्थायी समितिको बैठक हिजो शनिबार पनि बसेको थियो । बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत साङ्गठनिक कामलाई टुङ्गो लगाउने विषयमा छलफल गरिएको थियो ।

आज बस्ने बैठकमा पनि पुनः नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत साङ्गठनिक कामलाई टुङ्गो लगाउने विषयमा टुङ्गो लगाउने भएको छ । आगामी पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।