काठमाडौं – आज देशभर सामान्य बदली भइरहेको छ । अहिले प्रदेश नम्बर–एक, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश–१ का एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–एक, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।