काठमाडौं – देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिता दिन नसकेको महालेखा परीक्षकको कार्यालयले टिप्पणी गरेको छ । कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयहरुले राष्ट्रको उन्नति तथा समृद्धिमा सहयोग पुग्ने गरी नयाँ ज्ञान, प्रविधि र सीपको विकास गर्न अध्ययन अनुसन्धान नगरेको उल्लेख छ । विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रमको साथै अध्ययन अनुसन्धानको कार्यमा पनि जोड दिन महालेखाले सुझाव दिएको छ ।