काठमाडौं – आर्थिक वर्ष २०७६/७७ को महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार महालेखापरीक्षक टङ्कमणि शर्माले वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।