काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु भएको छ । आज २ हजार २ सय ४४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३ सय ७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३ सय ४० जना पुगेको छ । हालसम्म सङ्क्रमितमध्ये ६ लाख ९३ हजार ५ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४ सय ५५ पुगेको छ । हाल देशभर ४० हजार ३ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।