काठमाडौं – नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकाल्नुभएको छ । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले एक विज्ञप्ति निकालेर यस्तो निष्कर्ष निकाल्नुभएको हो ।

उहाँहरूले १० बुँदे सहमतिले पार्टी पङ्क्तिमा आशा र उत्साह जगाएको पनि उल्लेख गर्नुभएको छ । ’त्यसले पार्टी पङ्क्तिमा आशा र उत्साह जगाएको थियो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ’तर, त्यस सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो ।’

उहाँहरूले १४ सांसदमाथि एमालेले गरेको कारबाही फिर्ता लिन तथा अलग पार्टी दर्ता प्रक्रिया रोक्न पनि माग गर्नुभएको छ ।

हेर्नुस् विज्ञप्ति :