काठमाडौं – सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसैगरी, सरकारले भदौ ७ मा परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेको थियो ।