काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ३९ , भक्तपुरमा १ सय १ र ललितपुरमा १ सय २७ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

आज २ हजार १ सय २६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । हाल देशभर ४० हजार ५ सय जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।