काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १३ जना र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गर्दा ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर ४२ जना सङ्क्रमितको मृत्यु भएको छ । आज २ हजार १ सय४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ११, भक्तपुरमा १ सय २२ र ललितपुरमा १ सय ६० जना सङ्क्रमित थपिएका हुन् ।