काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष बुझाएको छ ।


नेकपा एमालेले सांसदलाई कारवाही गरी पदबाट मुक्त गरेकोे पत्र सभामुख सापकोटा समक्ष पेश गरिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको हो । प्रमुख प्रतिपक्षी दल एमालेले उक्त पत्र हिजो अपरान्ह संसद् सचिवालयमा दर्ता गरेको थियो ।


एमालेले वरिष्ठ नेता तथा सांसद् माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई कारबाही गरेको हो । हिजो मङ्गलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारवाही गर्न सिफारिस गरेको थियो ।