काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरिँदै छ । अहिले काठमाडौंस्थित एक होटेलमा उहाँहरु छलफल गरिरहनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने उहाँहरूको तयारी छ । उहाँहरूले नयाँ दल दर्ता गर्ने तयारी गर्नुभएको हो । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरिएको छ ।

हस्ताक्षर सङ्कलनस्थलमा स्थायी कमिटी सदस्यसमेत रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपस्थित भएका छैनन् । यस्तै, विघटित कार्यदलमा रहेका कोही पनि नेता त्यहाँ छैनन् ।

उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । त्यससँगै कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पु¥याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।