काठमाडौं – दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लालमोहोर लगाएर जारी गरिएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।


मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्द्वारा पारित भएको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो । राष्ट्रपति भण्डारीले आज उक्त अध्यादेश जारी गर्नुभएको हो ।