काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनर्नियुक्तिको माग गर्दै सर्वोच्चमा दिएको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ । शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेज गर्दै आफूलाई पुनर्नियुक्ति दिन माग गर्नुभएको हो । उक्त रिट रेग्मीको इजलासको १० औँ नम्बरमा पेसी तोकिएको छ ।

रिटमा घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्बहालीका लागि अन्तरिम आदेश दिन शाक्यले माग गर्नुभएको छ । रिटमा प्रधानमन्त्री कार्यकालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, ऊर्जा सचिव तथा ऊर्जा आयोगलाई विपक्षी बनाइएको छ ।