काठमाडौं – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दाको पेशी आज बुधबारका लागि तोकिएको छ । ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुङ्गो लगाउने न्यायाधीशहरु नै रहेको संवैधानिक इजलासमा हुने भएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

यसअघि नै संसद् विघटन सम्बन्धमा १४६ सांसद्का तर्फबाट दायर मुद्दालाई मुल मानेर बाँकी मुद्दाको टुङ्गो लगाउने निर्णय भएको थियो। । सोही अनुसार नै २९ मुद्दाको फैसला आज आउने भएको छ ।