काठमाडौं – कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न हिजै राष्ट्रपतिलाई सिफारिस गरेको बताउनुभएको हो ।

गठबन्धनको सहमतिमा नै उक्त अध्यादेश अगाडि बढाइएको कानुनमन्त्री कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार, ‘गठबन्धनको सहमतिमा अध्यादेश अगाडि बढाइएको हो र यसमा सबैको समर्थन छ ।’ पूर्ण कार्यकाल संसद् सञ्चालनको उद्देश्यका साथ अध्यादेश आएको उहाँको भनाइ छ ।

कानुनमन्त्री कार्कीका अनुसार गत आइतबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीचको छलफलमा भएको सहमति अनुसार अध्यादेश अगाडि बढाइएको हो । प्रधानमन्त्री देउवाले यस विषयमा पार्टीभित्र पनि सबै पक्षको समर्थन लिनुभएको थियो । अध्यादेश ल्याउने विषयमा सबै नेताको समर्थन रहेको कार्कीको भनाइ छ ।