काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाविरुद्ध नेपालमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आउन लागेको छ । आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो ।

नेपालले चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ ।

नेपालमा अहिलेसम्म ५८ लाख डोज भेरोसेल, २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।