काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही धेरैजसो स्थानमा पानी परिरहेको छ । भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । भोलि राति प्रदेश एक, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश एकका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । बिहीबार राति प्रदेश एक, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।