काठमाडौं – राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले यसअघि दल विभाजन गर्ने अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपतिमाथि प्रश्न उठाउने काम भएकाले अब राष्ट्रपतिले त्यही कामलाई दोहो¥याउन नमिल्ने बताउनुभएको हो ।

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा अध्यादेश आउँदा राष्ट्रपतिले लुरुलुरु त्यसलाई स्वीकृत गर्न हुन्न भनेको स्मरण समेत राष्ट्रपतिलाई होस् भन्नुभयो । खरेलले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने काम फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभएको ।

उहाँले दल विभाजन गर्ने घोर अप्रजातान्त्रिक, अलोकतान्त्रिक र असंवैधानिक कदम प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको भन्दै त्यसलाई तत्काल सच्याउन सत्तारुढ दल काङ्ग्रेससँग माग समेत गर्नुभयो । खरेलले ओली प्रधानमन्त्री हुँदा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले अहिले देउवाले ल्याएको अध्यादेशलाई राम्रो भन्न नमिल्ने तर्क गर्नुभएको छ ।